संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा भएको हत्या घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानदेखि पनि प्रहरी उपरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ।
प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोली घटनास्थलतर्फ लागेको हो। दाहाल नेतृत्वको टोलीमा तालिमप्राप्त कुकुर पनि रहेको छ।
घटनास्थललाई मादीखर्कबाट खटिएको प्रहरी टोलीले सुरक्षित गरेको संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए।
तीन वर्ष अघि भएको पाँचथरको आरुबोटे हत्याकाण्डकै झल्को दिने गरिको हत्या घटना गएराति भएको हो।
प्रहरीले गम्भीरताका साथ अनुसन्धान गर्ने जनाएको छ।





























प्रतिक्रिया