सत्तारुढ गठबन्धन मध्येको एक घटक राष्ट्रिय जनमोर्चाले एमसिसीविरुद्ध आन्दोलनमा उत्रन आह्वान गरेको छ ।
गृह मन्त्रालयले एमसिसीको विरोधमा कुनै प्रकारको विरोध नगर्न विज्ञप्ती जारी गरेको अवस्थामा सो पार्टीले आन्दोलनमा उत्रन भनेको हो ।
जनमोर्चाले भदौ २२ गते एमसिसीविरुद्ध देशव्यापी सांकेतिक विरोधको कार्यक्रम सफल पार्न अपिल गरेको छ ।
दलका अध्यक्ष चित्रबहादुर केसीले आइतवार एक विज्ञप्ती जारी गर्दै केही दिन यता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरुबीच एमसिसीबारे छलफल भएको, एमसिसीको विज्ञापन प्रसारण भएको, एमसिसी अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसिसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले यो पारित गर्न चलखेल भएको उल्लेख गरेका छन् ।
मोर्चाले एमसिसी नेपालको राष्ट्रियता, सार्वभौमिकता र हितविरुद्ध भएको ठहर गर्दै एमसिसीका उपाध्यक्षको आगमन, नेपाललाई एमसिसी पारित गर्न दिएको दबावविरुद्ध र स्वयं गठबन्धनको सरकारलाई सचेत पार्न देशव्यापी विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको जनाएको छ ।
एमसिसीको विरोध कार्यक्रमलाई सफल पार्न पार्टीका सबै तहका समिति, कार्यकर्ता, जनवर्गीय संगठन तथा जनसमुदायहरुसँग अपिल पनि गरिएको छ ।





























प्रतिक्रिया