देउवा नेतृत्वको सरकार घरको बाघ, वनको स्यालः ओली

देउवा नेतृत्वको सरकार घरको बाघ, वनको स्यालः ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नागरिक तुइनबाट खसालिँदा पनि देउवा नेतृत्वको सरकार चुइक्क बोल्न नसकेर रमिता हेरेर बसेको आरोप लगाएका छन्।

राष्टिय युवा संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा ओलीले तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकारले केही बोल्न नसकेको बताए । 

भारतले यसबारे थाहा छैन भनेको भन्दै उनले अघि भने, ‘यो सरकारले थाहा दिन सक्दैन ।’

सडकमा आएका युवाहरुलाई लाठी बर्साउने सरकारले भारतसँग चुइक्क नबोलेको भन्दै उनले भने, ‘यसैलाई भनिन्छ, घरको बाघ, वनको स्याल ।’

नागरिकलाई उक्त घटनाको विरोध नगर्न विज्ञप्ति जारी गरेकोप्रति पनि ओलीले आलोचना गरेका छन् । उनले तानाशाहीझैं शान्तिपूर्वक विरोध गर्नमा रोक लगाउने काम सरकारबाट भएको भन्दै त्यसको विरोध गरेका हुन् ।

 

Logo