एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ। यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ।
एनसेलले नवीन प्रविधिहरु भित्र्याउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउँदै देशको दुई तिहाई भन्दा बढी जनसंख्यामा फोरजी सेवाको बिस्तार गरिसकेको छ।
कोभिड–१९ को महामारीले निम्ताएको विषम् परिस्थितिका बीच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको छ। उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी/एलटीई सेवाले नेपालको डिजिटलाइजेशन यात्रामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस महामारीले अर्थतन्त्रहरुलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्याण्डबाट लाभ लिँदै पुर्नउत्थानका कार्यलाई राम्रोसँग चाँडै अगाडि बढाउन आवश्यक बनाई दिएको छ।
देशको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा एक प्रमुख भूमिका निर्वाह गर्दै देशैभर उच्चगतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्याउन एनसेल प्रतिबद्ध छ। फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रगोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफूले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन्।
फोरजी/एलटीई प्रविधि अन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सकिन्छ।
एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ। एनसेलले देशभरी ७२ लाख भन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन्।
#DataSadhaiOn thematic campaign video link https://bit.ly/38IQdbn































प्रतिक्रिया