नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुदैछ । दुई खेलको सिरिज अन्तर्गत नेपालले आज ओमानमा पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो ।
ओमनबीचको त्रिदेशीय सिरिजको तयारीमा रहेको नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिजअनुसार आज पहिलो खेल आज खेलन लागेकाे हाे ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार बिहान ११:१५ बजे शुरू हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।
अहिलेसम्मका ४ भेटको नतिजाले नेपालभन्दा पीएनजीलाई बलियो देखाएको छ । नेपालले पीएनजीविरूद्ध एक मात्र जित निकालेको छ । नेपालले सन् २०१८ को मार्चमा पीएनजीलाई हराएको थियो । जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले पीएनजीमाथि ६ विकेटको जित निकालेको थियो ।





























प्रतिक्रिया