नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन ओलम्पिक वरियताको पाँचौं स्थानमा उक्लिएकी छिन्।
मंगलबार सार्वजनिक नयाँ वरियतामा पलेशा आफ्नो तौल समूहको शीर्ष पाँचमा उक्लिएकी हुन्। यसअघि पलेशा १३ औं स्थानमा रहेकी थिइन्।
जापानमा जारी टोकियो पारालिम्पिकमा सहभागिता जनाएकी पलेशाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
पारालिम्पिकमा पलेशाले ‘के ४४’ क्याटगोरीको महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन्।
तर, रिपिचेजको फाइनलमा पराजित भएपछि पलेशा कास्य पदक जित्नबाट बन्चित भएकी थिइन्।
गत शुक्रबार भएको रिपिचेजको फाइनलमा पलेशा चीनकी युजी लीसँग १२–९ ले पराजित भएकी भएकी हुन्। चिनियाँ खेलाडीलाई हराएको भए पलेशाले ऐतिहासिक पदक प्राप्त गर्ने थिइन्।
नेपालले हालसम्म पारालिम्पिकमा पदक जित्न सकेको छैन ।





























प्रतिक्रिया