महिलालाई करणी गरेको आरोपमा युवक पक्राउ

महिलालाई करणी गरेको आरोपमा युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

बाजुरामा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय घमण्ड जेठारा रहेका छन्।

उनी बुढीनन्दा नगरपालिका–७ जेठारिबाडाका हुन्। उनीविरुद्ध सोही ठाउँकी २५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ। 

महिलाको घरमा कोही नभएको बेला ढोका फुटाएर घरभित्र पस्दै जबर्जस्ती करणी गरेको पीडित महिलाले किटानी जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ।

आरोपी जेठारालाई अस्थायी प्रहरी पोष्ट पाण्डुसैनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।

Logo