१८ वर्षीया किशोरी पहिलो पटक सेमिफाइनलमा

१८ वर्षीया किशोरी पहिलो पटक सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

बेलायती किशोरी तथा १५० औं बरियताकी एमा रादुकानु युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । ११ औँ बरियताकी स्वीस खेलाडी बेलिन्डा बेन्किकलाई सीधा सेटमा पराजित गरेर १८ वर्षकी रादुकानुले अन्तिम चारमा स्थान बनाएकी हुन् ।

रादुकानुले बेन्किकलाई ६–३ र ६–४ को सेटमा पराजित गरेकी हुन् ।  रादुकानुले फाइनल प्रवेशका लागि चौथो बरियताकी चेक गणतन्त्रकी खेलाडी कारोलिना प्लिस्कोभा वा १७ औँ बरियताकी ग्रीक खेलाडी मारिया साकारीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

उनी युएस ओपनको इतिहासमा शीर्ष १०० बरियता भन्दा बाहिरबाट सेमिफाइनलमा पुग्ने तेस्रो खेलाडी हुन् ।

Logo