गण्डकी प्रदेश : २६ जना नयाँ सङ्क्रमित थपिए

गण्डकी प्रदेश : २६ जना नयाँ सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

कास्की ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६ जना कोरोना सङक्रमित थपिएका छन् । यससँगै अब प्रदेशमा सङ्क्रमितको सङ्ख्या तीन हजार ९७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए।

थपिनेमा लम्जुङका १०, कास्कीका सात, बाग्लुङका छ र म्याग्दीका तीन जना रहेका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने दुई हजार ७९३ जना निको भएका छन् ।

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४९ जना रहेको निर्देशनालयले जनाएको छ ।

Skip This
Skip This
Logo