एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डल एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेको छ।
फातिमाले पहिलो भेट नै ओलीबाट शुरु गरेकी छिन्। उनी आजै कतार हुँदै काठमाडौं आएकी थिइन्।
अहिले ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ ।
छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन्।
के देलान् ओलीले ग्रिन सिग्नल ?
सत्तामा रहँदा नेकपा एमालेले पनि एमसीसी परियोजना लागु हुनुपर्ने अडान राखेको थियो।
पटक–पटक संसदमा होस् या सार्वजानिक कार्यक्रमहरूमा एमाले पार्टी अध्यक्षदेखि अन्य नेताहरूले खुलेर एमसीसीको विषयमा विचार राखेका थिए।
अधिकांशले छिटो पास गर्नुपर्ने भन्दै आएका थिए। अहिले सोही एमाले प्रतिपक्षमा छ र सरकारलाई प्रश्न गरिरहेको छ ‘एमसीसीप्रति सरकारको धारणा के हो ?’
अहिले एमालेको बोली फेरिएको छ। एमालेले संसदमा परियोजना प्रस्तुत भएपछि निर्णय गर्ने बताएको छ।
तर, एमालेकै प्रायः नेताहरू एमसीसी पास गर्नु नहुने तर्क राख्दै आएका छन्।
एमाले उपाध्यक्ष भीम रावल भने कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने यो परियोजना राष्ट्रिय हितमा छैन भन्दै सदनदेखि सडकसम्म आवाज उठाइरहेका छन्।
एमाले स्रोतका अनुसार ओलीले एमसीसी परियोजना पास गर्नेमा ग्रिन सिग्नल नदिने बताएको छ।





























प्रतिक्रिया