काठमाडौं ।
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरि १/ १ रुपैयाँले घटाएको हो । अब डिजेल र मट्टीतेलको मूल्य समान ८९/८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ । भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमले जनाएको छ ।
भारतबाट प्राप्त पछिल्लो मूल्यसूची अनुसार पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढेको छ ।































प्रतिक्रिया