छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

केन्द्रबिन्दु
0
Shares

डोटी ।

जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले दिए। अभियुक्त विकलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको बताइएको छ।रासस

Skip This
Skip This
Logo