विश्वकप छनोटमा ब्राजिलकाे सानदार जीत

विश्वकप छनोटमा ब्राजिलकाे सानदार जीत

केन्द्रबिन्दु
0
Shares

ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा पेरुमाथि जीत दर्ता गरेको छ । घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि २–० को जित निकाल्दै विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गरेकाे हाे । 

ब्राजिलको जितमा खेलको १४औं मिनेटमा ब्राजिली क्लब फ्लामेङ्गोका मिडफिल्डर एभर्टन रिवेइरोको गोलबाट ब्राजिलले खेलमा अग्रता लिएको थियो । 

४०औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

जीतसँगै ब्राजिल २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अपराजित अर्जेन्टिनाको १८ अंक छ । पराजित पेरु ८ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

 

Skip This
Skip This
Logo