सिन्धुपाल्चोकको जुगलका ६६ घर उच्च जोखिममा

सिन्धुपाल्चोकको जुगलका ६६ घर उच्च जोखिममा

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भास्सिदा ६६ घर उच्च जोखिममा परेका छन्। 

घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको उक्त क्षेत्रका ४५० परिवार विस्थापित भएका छन्। स्थानीयवासी एक सातादेखि सुरक्षित ठाउँमा रात कटाउँदै आएको गाउँपालिकाको उपप्रमुख सिर्जना तामाङले जानकारी दिइन्। 

उनका अनुसार कात्तिकेमा पनि ८ परिवार विस्थापित भएपछि पाँच टेन्ट उपलब्ध गराइएको छ। विस्थापित बोल्देका परिवार केहीलाई त्रिपाल उपलब्ध गराइएको छ भने कोही आफन्त कहाँ गएर बास बस्ने गरेको बताइएको छ। 

तेलेसोङ खोला ठाउँठाउँमा सुरुङका रुपमा बग्ने गरेकाले जमिन भास्सिने र चिरापर्ने गरेको र सो स्थानमा उद्धारका सामाग्री लैजान जोखिम रहेको उपप्रमुख  तामाङले जानकारी दिइन्। 

Logo