सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको दस प्रतिसत बजेट कटौती गरेको छ ।
भ्रमण र तालिमको बजेट कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्।
शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनादर्न शर्माले प्रतिस्थापन विधेयक पेश गदै यस्तो घोषणा गरेका हुन् ।
चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सीप विकास तथा जनचेतना तालिम, अनुगमन मूल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको अर्थमन्त्रीले बताएका छन्।
त्यस्तै, संसदमा विनियोजन विधेयक पेश गर्दै अर्थमन्त्री शर्माले दीर्घरोगीका लागि मासिक ५ हजार रूपैया दिने घोषणा गरेको छ।





























प्रतिक्रिया