नेपालको एक सय रन पूरा

नेपालको एक सय रन पूरा

केन्द्रबिन्दु
0
Shares

अहिले नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ।

पीएनजीविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गरेको छ। नेपालले २५ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर १०४ रन जोडेको छ।

नेपालले तेस्रो विकेटको रूपमा कप्तान ज्ञानेन्द्र मल्ललाई ९८ रनमा गुमाएको हो।

यसअघि पहिलो विकेटको रूपमा नेपालले ओपनर आशिफ शेखलाई ३ रनमा गुमाएको थियो भने दोस्रो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई ३ रनमा गुमाएको थियो।

दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेलिरहेको हो। पहिलो खेलमा नेपालले २ विकेटको जित निकालेको थियो।

दुई खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ।

Skip This
Skip This
Logo