पपुवा न्युगिनीविरुद्ध कप्तान ज्ञानेन्द्र र रोहितद्वारा तेस्रो विकेटका लागि कीर्तिमान साझेदारी

पपुवा न्युगिनीविरुद्ध कप्तान ज्ञानेन्द्र र रोहितद्वारा तेस्रो विकेटका लागि कीर्तिमान साझेदारी

केन्द्रबिन्दु
0
Shares

नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध अहिले प्रतिस्पर्धा गरिरहेको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ। 

ओपनरद्वय कुशल भूर्तेल र आशिफ शेखलाई सुरुमै गुमाएको नेपालका लागि त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले सम्हालेका थिए। मल्ल र पौडेलले तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे।

३.५ ओभरमा भूर्तेल ३ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि रोहित क्रिजमा आएका थिए।

त्यसको अघिल्लो ओभरमा आशिफ सेख आउट भएपछि कप्तान ज्ञानेन्द्र क्रिजमा उत्रिएका थिए।

यी दुईले तेस्रो विकेटका लागि कीर्तिमानी साझेदारी गरेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि ६२ रनको साझेदारी कीर्तिमान शरद भेषावकर र दीपेन्द्रसिंह एरीको नाममा रहेको छ।

 

Logo