बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ ।
नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो ।
राणा मिर्गौला, मधुमेह र रक्तचाप सम्बन्धी समस्याबाट पीडित थिए । राणा प्रथम जननिर्वाचित अर्थमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा हुन् ।
डावर नेपाल सन् १९९० मा स्थापना भएको हो । उनी डाबर नेपालको प्रबन्ध निर्देशक पनि भएका थिए । डाबरका उत्पादनहरुको नेपाल र भारत दुबै मुलुकमा राम्रो व्यापार रहेको छ ।
उनी सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत थिए। उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए ।































प्रतिक्रिया