बंगलादेश र नेपालबीचकाे दोस्राे खेल आज

बंगलादेश र नेपालबीचकाे दोस्राे खेल आज

केन्द्रबिन्दु
0
Shares

एएफसी एसियन कप २०२२ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । 

दशरथ रंगशालामा पहिलोपल्ट उत्रिँदा महिला टिमले बिहीबार बंगलादेशमाथि २–१ को संघर्षपूर्ण जीत हात पारेको थियो । सिनियर टिममा पहिलोपल्ट अवसर पाएका सविता राना र प्रीति राईले पहिलो हाफमा गोल गरेपछि नेपालले बंगलादेशविरुद्ध छैटौं जित हात पारेको थियो । 

प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो खेल राम्रै भए पनि उच्चस्तरको नभएको प्रतिक्रिया दिँदै आइतबार सुधारिएको प्रदर्शन गर्ने वाचा गरेका थिए ।

सन् २०१४ यता नेपाली टिम अग्रपंक्तिका भरपर्दा खेलाडी सावित्रा भण्डारीबिना खेलिरहेको छ । घुँडाको शल्यक्रियापछि दोहामा उपचार गराइरहेकी उनको अभाव पहिलो खेलमा मैदानमा प्रस्टै देखियो ।

नेपाली महिला टिमका पहिलो विदेशी प्रशिक्षक फिलिप्सका लागि आइतबारको खेल एसियन कप छनोटलाई आफ्ना खेलाडीको परीक्षण गर्ने अवसर पनि हो । नेपाल एसियन कप छनोटमा फिलिपिन्स र हङकङ समावेश समूह ‘एफ’ मा छ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले फिलिपिन्सविरुद्ध असोज २ र हङकङविरुद्ध असोज ५ मा खेल्नेछ । यो समूह विजेताले भारतमा हुने एसियन कप खेल्नेछ ।

Logo