काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट प्रा.डा प्रेमनारायण अर्याल पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बुधबार पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् । कुलपतिमा नियुक्त भएका अर्याल पोखरा विश्वविद्यालयका पाँचौं उपकुलपति समेत हुन् ।
उनले त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र संकायअन्तर्गत पाठ्यक्रम तथा मूल्यांकन विषयमा ३८ वर्ष प्राध्यापन गरी अवकाश लिएका थिए । प्रधानमन्त्रीले यसै साता नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. यादव लामिछाने र कृषि तथा वनविज्ञान विश्वविद्यालयको उपकुलपतिमा पुण्य रेग्मीलाई नियुक्त गरिसकेका छन् । जसमध्ये संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछाने प्रधानमन्त्री ओली निकट हुन भने कृषि विश्वविद्यालयका उपकुलपति रेग्मी प्रचण्ड निकट हुन् ।





























प्रतिक्रिया