अन्तर नगरस्तरीय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधि चन्द्रागिरि नगरपालिकाले हात पारेको छ।
तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर–१० स्थित जी–फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो। तारकेश्वर, चन्द्रागिरि, टोखा र कीर्तिपुर नगरपालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा क्रमशः चन्द्रागिरि प्रथम, कीर्तिपुर द्वितीय र टोखा तृतीय भएका थिए।
विजयी खेलाडीलाई प्रमाणपत्र वितरण गर्दै टोखा नगरप्रमुख प्रकाश अधिकारी र प्रशासकीय अधिकृत प्रकाश आचार्यले आपसी समन्वय कायम गरि काम गर्न खेलकुद प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताए।
तारकेश्वर नगरप्रमुख रामेश्वर बोहराले नगर क्षेत्रमा खेलकुद विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकता दिएको जानकारी दिए।





























प्रतिक्रिया