२१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँस्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको कारण खुलेको छ।
घटनाको कारण नातामा ठूलो बुबा पर्ने तेजकुमार कार्कीको गाली रहेको प्रहरी अनुसन्धानपछि खुलेको हो।
‘तँ केही गर्न नसक्ने, खाली यसरी बस्ने, विदेश गएर पनि सम्पति कमाउन सकिनस् लगायत गाली गर्ने रहेछ’, प्रदेश १ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसीले भने, ‘यही कुरा अभियुक्तको मनमा गढेको देखिन्छ।’
बिसीका अनुसार प्रारम्भिक अनुसन्धानको त्रलममा घटना भएको दिन बिहान गाउँमा खेताला लानका लागि लोकबहादुरको घरमा तेजकुमार ‘कन्फर्म’ गर्न गएका थिए।
जतिबेला लोकबहादुरका बुबा र भाइ घरमा थिएनन्। उनीहरू गाईलाई कुँडो र घाँस दिएर घाँस काट्न खेत गएका थिए।
त्यसबेला तेजकुमार लोकबहादुरसँग खेताला ‘कन्फर्म’ गरेर फर्केका थिए। फर्किँदा नै तेजकुमारमाथि लोकबहादुरले पहिले गर्ने गालीलाई लिएर चिर्पटले आक्रमण गरेको पनि अनुसन्धानको क्रममा खुलेको डीआईजी बिसीले बताए।
बिसी भन्छन्, ‘तेजकुमारको हत्यापछि श्रीमतीमाथि प्रहार गरेको खुलेको छ चिपर्टले र निजलाई खोल्सामा १०/१५ मिटर तल धकेलिदिएको र त्यो घटना हुँदा सँगै रहेकी बुहारी रञ्जना अचेत भएर लडेको र उठ्दा उनीमाथि पनि चिर्पटोले प्रहार गरी लडाएर मारेको अवस्थामा चिच्याएको आवाज आएपछि घरदेखि बच्चाहरू निस्केको र उनीहरूलाई पनि लखेटी लखेटी मारेको रहेछ, यसरी मारेपछि सिँधै मृतकहरूको लोकबहादुर गएको र कुँडो पकाइरहेकी पार्वतीलाई कपालमा समातेर भित्तामा टाउको ठोकाइ चिर्पटले हानी मारेको देखियो।’
घटनापछि भने आफ्नो घरमा आएर कुँडो पकाएको अगेनामा उक्त चिर्पटलाई बालेको पाइएको पनि डीआईजी बिसीले बताए।





























प्रतिक्रिया