बैठक स्थगन गरेर एमालेसँग छलफलमा सभामुख

बैठक स्थगन गरेर एमालेसँग छलफलमा सभामुख

केन्द्रबिन्दु
0
Shares

१५ मिनेट संसद् बैठक रोकेका सभामुख अग्निप्रसाद सापकोटा अहिले एमालेका सांसदसँग छलफलमा छन्। आजसहित गएका दुईवटा बैठक लगातार एमालेले विरोध जनाएपछि बाध्य भएर सभामुख एमालेसँगको छलफलमा जुटेका हुन्।

सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरिरहेको एमाले सांसद घनश्याम खतिवडाले जानकारी दिए।

खतिवडा भन्छन्,‘कार्यव्यवस्थाको बैठकमा एजेण्डा छलफल गरेर संसद् चलाउनु पर्नेमा सभामुखले बलमिच्याँईं गरिरहेका छन्, हाम्रो माग सम्बोधन नभएसम्म हामी सदन चल्न दिँदैनौं।’

खतिवडाका अनुसार सभामुखको च्याम्बरमा भइरहेको छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्।

Logo