सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमाले सहभागि भएन

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमाले सहभागि भएन

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक वानेश्वरमा सुरु भएको छ। संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो।

बैठकमा नेकपा एमाले बाहेक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।

नेकपा एमाले दल वैधानिक हैसियत नभएको नेकपा एकीकृत समाजवादी पार्टी पनि सहभागि भएको भन्दै बैठकमा नगएको हो।

एमालेले आफू र सभामुखबीचको समस्यामा सर्वदलीय बैठक बोलाएको भन्दै उक्त बैठकमा सहभागी नहुने बताएको थियो।

Logo