हनुमानढोका सङ्ग्रहालय सर्वसाधारणका लागि खुला

हनुमानढोका सङ्ग्रहालय सर्वसाधारणका लागि खुला

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीका कारण बन्द गरिएको हनुमानढोका दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ। 

गत बैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द थियो। हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले कोभिड–१९ को महामारी सामान्य हुँदै गएपछि दरबार सङ्ग्रहालय खुला गरिएको जानकारी दिए।

उनले सरकारद्धारा कार्यान्वयनमा ल्याइएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सङ्ग्रहालय खुला गरिएको बताए । सार्वजनिक विदासहित हप्ताको सातै दिन सङ्ग्रहालय खुला रहनेछ।

त्यस्तै हनुमानढोका दरबार सङ्ग्रहालयले अवलोकनको लागि सबै विदेशीको लागि टिकट दरमा एकतारुपता ल्याएको छ। सबै विदेशीको लागि असोज १ गतेबाट हुने गरी तीन सय रुपियाँ टिकट निर्धारण गरिएको सङ्ग्रहालय प्रमुख खनालले बताए।  नेपाली आगन्तुकलाई ३० रुपियाँ टिकट तय गरिएको छ।

Logo