लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए, ९३ जना भेटिए

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए, ९३ जना भेटिए

केन्द्रबिन्दु
0
Shares

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन्। ती मध्ये  ९५ बालिका र ३६ बालक छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार पाँच वर्षकाे अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएका थिए।   

कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए। गत एक वर्षकाे अवधिमा २० बालबालिका  हराएका थिए। तीमध्ये तीन बालक, १७  बालिका छन्। अझै दुई बालिका भेटिएका छैनन्। 

सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए। 

Logo