हवाई टिकट बुकिङ, असोज पहिलो सातादेखि खुला गर्ने तयारी

हवाई टिकट बुकिङ, असोज पहिलो सातादेखि खुला गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

वायुसेवा सञ्चालक सङ्घले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ। यसको लागि शुक्रबार बैठक बस्न लागेको सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए।

दशैं, तिहार तथा छठ पर्वका लागि उपत्यका छाड्ने यात्रुका लागि हवाइ सेवातर्फको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको प्रवक्ता कँडेलले बताए।

‘वर्षातका कारण स्थलमार्ग (सार्वजनिक यातायात) तर्फ ठाउँ–ठाउँमा सडक अवरोध हुँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा पर्छ,’ प्रवक्ता कँडेलले भने, ‘त्यसैले यसबारे विस्तृत निर्णय शुक्रबारको बैठकले गर्नेछ। बैठकमा जहाज थप्नु पर्ने, बुकिङ कहिलेदेखि खुला गर्ने भन्ने विषयमा निर्णय हुन्छ।’

उनका अनुसार आन्तरिक उडानतर्फ १३ कम्पनीका ४८ जहाजमार्फत दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ। दशैं, तिहार र छठमा हवाई यात्रुको चाप उच्च देखिने हुँदा थप जहाज थप्नुपर्ने देखिएको उनले बताए।गाेरखापत्रबाट

Skip This
Skip This
Logo