चीनको सिचुवानमा शक्तिशाली भूकम्प : २ जनाको मृत्यु

चीनको सिचुवानमा शक्तिशाली भूकम्प : २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुवानमा आज बिहान ६ रेक्टर स्केलकाे भूकम्पको धक्‍का महशुस गरिएको छ । समाचार संस्‍था रोयटर्सकाअनुसार तिब्बतसँग जोडिएको प्रान्त सिचुवानमा स्थानीय समयअनुसार बिहीबार बिहान साढे ४ बजे भूकम्पको धक्‍का महशुस गरिएको हो ।

भूकम्पमा परी अहिलेसम्म कम्तिमा २ जनाले ज्‍यान गुमाएको समाचारमा जनाइएको छ । पाँच दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । भूकम्पले केही घरहरू भत्काएको छ। भूकम्पपछि सरकारले आपतकालीन उद्धार जारी राखेको चिनियाँ सन्‍चार माध्यमले जनाएका छन् 

Logo