औषधि पसलमा कोरोनाविरुद्धको खोप : २ जना पक्राउ

औषधि पसलमा कोरोनाविरुद्धको खोप : २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनुषाको एक मेडिकलमा बिक्री गर्न राखिएको कोरोनाविरुद्धको खोप फेला परेको छ । प्रहरी र शहीदनगर नगरपालिकाको सुशासन समितिको संयुक्त अनुगमन टोलीले शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा कोरोनाविरुद्धको खोप फेला पारेको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको हाे। 

खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डल पक्राउ परेका छन् । मण्डललाई पक्राउ गरेर सोधपुछ गर्दा थप एक व्यक्तिसमेत संलग्न रहेको बताएपछि प्रहरीले ति व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

Logo