चीनबाट थप ४४ लाख खोप आउँदै, अबकाे प्राथमिकतामा हिमाली जिल्ला

चीनबाट थप ४४ लाख खोप आउँदै, अबकाे प्राथमिकतामा हिमाली जिल्ला

केन्द्रबिन्दु
0
Shares

सरकारले खरीद गरेको कोभिड-१९ विरुद्धको भेरोसेल खोप काठमाडौं आउँदैछ। स्वास्थ्य मन्त्रालयका खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राति बेइजिङ उडेको थियो।

खोप आएलगत्तै तुरुन्तै लाउन सुरु गरिने डाक्टर दाहालले बताए। 'हामी तयार छौं। निश्चित उमेर समूहलाई लगाउँछौं,' उनले भने ।

हालसम्म ५० वर्ष उमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए। हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ।न्युज कारखाना

तस्विर: विजय लामा 

Skip This
Skip This
Logo