विश्वकप क्रिकेट लिग-२: अमेरिका र नेपाल भिड्दै, आज पनि जीतकाे खाेजीमा नेपाल

विश्वकप क्रिकेट लिग-२: अमेरिका र नेपाल भिड्दै, आज पनि जीतकाे खाेजीमा नेपाल

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। आज अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ।

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। त्यसैले अमेरिका नेपालविरुद्ध बदला लिने रणनीतिमा हुनेछ। यस्तै नेपाल भने लगातार अमेरिकाविरुद्ध जीत निकाल्ने दाउमा हुनेछ। 

यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल ओमनविरुद्ध ५ विकेटले पराजित भएको थियो। यता, अमेरिकासमेत ओमानसँग ४ विकेटले पराजित भएको थियो। 

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैठौं स्थानमा रहेको छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।न्युज कारखाना 

Logo