लिभरपुलको सहज जित

लिभरपुलको सहज जित

केन्द्रबिन्दु
0
Shares

अट्याकर साडियो मानेले लिभरपुलको लागि १००औँ गोल गरेको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसमाथि सहज जित निकालेको छ । 

शनिबार साँझ घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ३-० गोल अन्तरको पराजित गरेको हो । 

अपराजित लिभरपुलको जितमा साडियो माने, मोहम्मद सलाह र नेबी केइटले १/ १ गोल गरे । 

जितसँगै लिभरपुल ५ खेलबाट १३ अंकसहित शीर्षस्थानमा छ । समान १० अंकसहित ४ खेल खेलेका म्यानचेष्टर युनाईटेड, चेल्सी र एभर्टन लिभरपुल भन्दा तल रहेका छन् । 

Logo