भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा दुई करोड भारतीयलाई कोभिड खोप लगाइएको छ ।
मोदीको ७१औं जन्मदिनको अवसरमा एकै दिनमा दुई करोडलाई खोप लगाइएको हो । यो एकै दिन लगाइएको अहिलेसम्मकै धेरै परिमाणको खोप हो ।
यसअघि २७ अगस्टमा एकै दिन एक करोड ३० लाखलाई खोप लगाइको थियो ।
भारतले सन् २०२१ को अन्त्यसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने उद्देश्य राखेको छ । तर, सो लक्ष्य पूरा गर्न निरन्तर खोप अभियान चलाइनुपर्ने विज्ञहरूको जोड छ ।
तीन थरिका कोभिड खोप गरी अहिलेसम्म ७९ करोड भारतीयले पूर्ण खोप लगाएका छन् । त्यस्तै, ५९ करोडभन्दा बढीले कोभिडको पहिलो डोज लगाएका छन् । तर, गत जनवरीमा खोप अभियान सुरु भएपछि जम्मा २० प्रतिशत बयस्कले खोप लगाएका छन् ।
भारतमा अहिलेसम्म ३ करोड भन्दाबढी कोरोनाबाट संक्रमित भइसकेका छन् । विश्वमा अमेरिकापछि भारत कोभिडबाट सवैभन्दा बढी प्रभावित छ । भारतमा कोभिडबाट अहिलेसम्म चार लाख ४० हजारको मृत्यु भइसकेको छ । एजेन्सी































प्रतिक्रिया