स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
भ्यालेन्सियाको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो । खेलको ६६ औं मिनेटमा हुगोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ८६ औं मिनेटमा भिनिसियसको गोलबाट रियल खेलमा फर्कियो । उनले बेन्जिमाको पासमा गोल गरे ।
त्यसपछि खेलको ८८ औं मिनेटमा भिनिसियसको पासमा बेन्जिमाले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
लिगमा रियलको यो चौंथो जित हो । जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।





























प्रतिक्रिया