घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदै?

घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज २ सयले घटेको हो। आइतबार स्थिर थियो।

गत हप्ता आइतबार ४ सयले घटेको थियो। सोमबार ३ सयले बढेको थियो भने मंगलबार स्थिर रहेको थियो। बुधबार ६ सयले बढेको सुन बिहीबार ७ सयले घटेको थियो। यस्तै शुक्रबार १४ सयले घटेको थियो।

आज छापावाला सुनको प्रतितोला ८८ हजार ९०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८८ हजार ४५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज १५ रुपैयाँ घट्दै एक हजार १३५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo