नेपालमा दिनहुँ बलात्कारका घटना बढ्दो क्रममा छन् । कोरोना महामारी सुरु भएपछिकाे उजुरी परेका बलात्कारका तथ्याङ्क आधार मान्ने हाे भनै दैनिक ७ जना बलात्कृत हुने गरेका छन् ।
प्रहरीका अनुसार बलात्कार र बलात्कार प्रयाससम्बन्धी ८२ प्रतिशतभन्दा बढी अपराध आफन्त, नातेदार, छिमेकी तथा अन्य चिनेजानेकैबाट हुने गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा १ हजार ८० वटा मुद्दा दर्ता भएकाे थियो । त्यस्चै २०७३/७४ मा १ हजार ३३१, २०७४/०७५ मा १ हजार ४८०, २०७५/७६ मा २ हजार २३० र २०७६/७७ मा २ हजार १४४ जना गरी ५ वर्षमा ८ हजार ७४ बलात्कारका घटना दर्ता भएकाे छ ।
साथै कोरोना महामारीपछि चैतमा १ सय ३४, वैशाखमा १ सय ५२, जेठमा १ सय ९६, असारमा २ सय ४०, साउनमा २ सय ६६ र भदौमा २ सय ३३ जनाको बलात्कार भएकाे प्रहरीसँग तथ्याङ्क छ ।
बलात्कार घटना बढ्न थालेपछि बलात्कार गर्नेलाई कठोर सजायको व्यवस्था हुनुपर्ने माग हुँदै आएका छन् । सडकमा मृत्युदण्ड हुने कानून ल्याउनुपर्ने माग भइरहेका छन् भने संसदमा समेत अनौपचारिक छलफलका क्रममा मृत्युदण्डसम्मको सजायकाे प्रस्ताव भएकाे थियो । तर अनौपचारिक छलफलमै सीमित भयो ।































प्रतिक्रिया