नेप्से परिसूचक १३.८३ अंकले बृद्धि, कारोबार रकम भने बढ्न सकेन

नेप्से परिसूचक १३.८३ अंकले बृद्धि, कारोबार रकम भने बढ्न सकेन

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक महिनादेखि निरन्तर रूपमा शेयर बजारमा उतारचढाव आएको छ। उतारचढाव आउँदा शेयर बजारमा निरन्तर गिरावट आएको थियो ।

तर, मंगलबार नेप्से परिसूचक गिरावटको क्रम रोकिएको छ। आज प्रिओपनिङमा ओरालो लागेको बजार कारोबारको अन्तिम समयमा आएर झिनो अंकले बृद्धि भएको छ।

मंगलबार नेप्से १३.८३ प्रतिशतले बढेर २ हजार ७१२.०२ अंक पुगेको छ। सोमबार नेप्सेमा ११४.०२ अंकले गिरावट आएर २ हजार ६९८.२४ अंकमा पुगेको थियो। 

सोमबार नेप्से ०.५१ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक २.३६ अंकले बढेर ५०८.६२ विन्दुमा पुगेको छ ।

मंगलबार कारोबारमा आएका  २२३ वटा कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ । 

आज मनकामना स्मार्ट लघुवित्त वित्तीयको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर र विकास बैंकको शेयरमा ६ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । 

त्यसैगरी लगानी र जीवन बीमा उपसूचक समुहको शेयरमा ५ प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने होटल तथा पर्यटन, निर्जीवन वीमा र ट्रेडिङ उपसूचकको शेयर ४ प्रतिशतभन्दा बढीले घटेको छ । 

त्यस्तै माइक्रो फाइनान्स, म्युचुअल फण्ड र अन्य समूहको शेयर ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

 

Logo