नेपाल समूह चरणबाट बाहिरियो

नेपाल समूह चरणबाट बाहिरियो

केन्द्रबिन्दु
0
Shares

मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएसँगै नेपाल एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । 

उज्वेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । 

बलमा पकड जमाएपनि नेपालले हङकङविरुद्ध गोल निकाल्न सकेन । एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नैपर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझायो ।

हङकङसँगको बराबरीसँगै समूह एफको नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो । 

पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । 

हङकङको भने छनोट हुने सम्भावना कायम रहेको छ । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ ।

Logo