मंगलबारराति गएकाे पहिरोमा पुरिएर गुल्मीमा ३ दिदीबहिनीकाे मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सदरमुकाम रेसुङ्गा नगरपालिका–८, भगवती मन्दिरनजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हाे ।
तिलकका १४ वर्षका जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षकी छोरी भावनाकाे मृत्यु मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुसोत्तम पाण्डेयले जानकारी दिए ।
राति नै नेपाली सेना, नेपाल प्रहरीको टोलीले पुरिएको कोठाबाट शव निकालेको थियो ।































प्रतिक्रिया