पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई थप अघि बढाउँदै मजबुद सहकार्य गर्ने जनाएका छन् ।
उनले पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई शिष्टाचार भेट दिँदै यस्तो धारणा व्यक्त गरेका हुन् । यस क्षेत्रको शान्ति र विकासमा सहकार्य गर्न आवश्यक रहेको पनि उनले बताए ।
पाकिस्तानले अफगानिस्तानको विषयमा नेपालसँग स्पष्ट धारणा माग्दै न्यूयोर्कमा हुने सार्क विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी नहुने बताएको भोलिपल्ट अधिकारीलाई प्रधानमन्त्री खानले भेटेका हुन्
सार्क अध्यक्ष नेपालले आयोजना गर्ने सार्क विदेश मन्त्रीस्तरीय बैठकमा अफगानिस्तानको पूर्ववर्ती सरकारको दूत सहभागी नहुने ग्यारेन्टी नेपालले गर्नुपर्ने असजिलो माग पाकिस्तानले राखेको थियो । त्यसमा नेपालले आफू स्पष्ट हुन नसकेको बताएपछि बैठक नै रोकिएको हो ।
बैठक रोकिएको सार्वजनिक भएकै दिन नेपालका राजूतलाई प्रधानमन्त्री खानले भेटेका हुन् । यद्यपि बैठकमा त्यस विषयमा भने छलफल नभएको र यो बैठकमा दुईपक्षीय हितका विषयमा छलफल भएको राजदूत अधिकारीले बताए ।
राजदूत अधिकारीका अनुसार प्रधानमन्त्री खानले दुई पक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न मिलेर काम गर्ने जानकारी उनले दिए ।
सार्क विदेश मन्त्री स्तरीय बैठक रोकिएको जानकारी आफूले पत्रिका पढेर थाहा पाएको समेत उनले बताए । पाकिस्तालने दुईपक्षीय सम्वन्धलाई अझ सुदृढ गर्न चाहेको जानकारी दिएको छ । दुई पक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न पाकिस्तानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको पनि खानले राजदूतलाई बताए । उक्त अवसरमा खानले नेपाल समकक्षी शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।































प्रतिक्रिया