ईन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेकाे छ ।
आबुधाबीमा बिहीबार राति भएको खेलमा कोलकत्ताले साविक विजेता मुम्बईलाई ७ विकेटले हराएको हो।
मुम्बईले दिएको १५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले । नितिश राना ५ रनमा अविजित रहे।
भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । सुबमन गिल १३ तथा कप्तान इयान मोर्गन ७ रनमा आउट भए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । कोलकत्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २/२ विकेट लिए ।
यस जितसँगै कोलकत्ताले ९ खेलमा ८ अंक जोड्दै कोलकत्ता चौंथो स्थानमा उक्लिएको छ ।





























प्रतिक्रिया