बार्सिलोना काडिजसँग बराबरीमा रोकियो
स्पेनीस ला लिगामा बार्सिलोना काडिजसँग गोलरहित बराबरीमार रोकिएकाे छ । पछिल्ला तीन खेलमा बार्सिलोना जितविहीन छ ।
रोमन ड कारान्ज स्टेडियममा भएको खेलको ६५ औं मिनेटमा फ्रेन्क डे जोङलाई रातो कार्ड देखाएप्छि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । इन्ज्युरी समयमा कोमनलाई पनि रातो कार्ड देखाइएको थियो ।
बार्सिलोनाले अब आइतबार घरमा लेभान्टेको सामना गर्नेछ । अहिलेको नतिजापछि बार्सिलोना लिग तालिकाको शीर्षमा रहेको रियल म्याड्रिडसँग सात अंकले पछाडि परिसकेको छ ।































प्रतिक्रिया