चालिस वर्षपछि फर्कियाे आँखाको ज्योति, जिन थेरापी भयाे बरदान

चालिस वर्षपछि फर्कियाे आँखाको ज्योति, जिन थेरापी भयाे बरदान

केन्द्रबिन्दु
0
Shares

जिन थेरापीको मद्दतले चालिस वर्षपछि एकजनाको आँखाको ज्योति फर्किएको छ। ५८ वर्षीय ती व्यक्तिको एउटा आँखाको आंशिक ज्योति फर्किएको हो। 

फ्रान्सका उक्त व्यक्तिले ४० वर्ष पहिले रेटिनाइटिस पिगमेंटोसा नामक बिमारीका कारण आँखाको ज्योति गुमाएका थिए। 

रेटिनाइटिस पिगमेंटोसा बिमारीमा आँखाको कोशिका प्रकाशप्रति संवेदनशील हुन्छन्, जसका कारण आँखाले विस्तारै काम गर्न बन्द गर्छ। 

उपचारमा संलग्न पिटर्सवर्ग युनिभर्सिटीका आँखा विशेषज्ञ डा.जोस एलेन साहेलले आफ्नो टीमका साथ १३ वर्षदेखि दृष्टिहीनताको उपचार खोजिरहेका छन्। 

डा.साहेलले आँखाको ज्योति फर्काउनका निमित्त अप्टोजेनेटिक्स प्रविधिको प्रयोग गरिएको बताएका छन्। यस प्रविधिको मद्दतले आँखाको ज्योतिको मस्तिष्कसँग जोडिएको कार्यप्रणाली बुझ्न सकिन्छ। 

यस प्रविधिको माध्यमद्वारा रेटिनाको जुन कोशिकामा प्रकाश पर्दा संवेदनशील हुन्छ उक्त कोशिकामा विशेष प्रकारको प्रोटिनको प्रयोग गरिने गर्छ। जुन सफलसमेत देखिएको छ। 

नेचर जर्नलमा प्रकाशित रिसर्चका अनुसार यस प्रकारको जिन थेरापीको प्रयोग बाँदरमा भएपछि पहिलो पटक मानिसमा गरिएको हो। प्रयोगको समयमा बिरामीलाई विशेष प्रकारको चश्मा लगाउन दिइएको थियो। चश्माको प्रयोगपछि बिरामीले साना चिजहरु पनि देखेको बताइएको छ। करिब सात महिना उक्त चश्मा लगाएपछि बिरामीले जेब्रा क्रसिंगसमेत देखेको बताइएको छ। 

डा.साहेलका अनुसार यस प्रविधि आम जनमानसमा उपलब्ध हुन भने पाँचदेखि दश वर्षको समय लाग्नेछ। यस प्रविधिको प्रभावको सम्बन्धमा भने थप अनुसन्धान जरुरी छ। रिसर्चका अनुसार बेलायतमा हरेक चार हजार जना मध्ये एक जनामा रेटिनाइटिस पिगमेंटोसा हुने गर्छ।एजेन्सी 

Skip This
Skip This
Logo