रोयल च्यालेन्जर्स बैंगलोरमाथि ६ विकेटको जित दर्ता गर्दै चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
शारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले पराजित गर्यो । बैंगलोरले दिएको १५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ३८, अम्बाती रायाडुले ३२ तथा फाप डु प्लेसिसले ३१ रन जोडे । मोइन अली २३ रन बनाए । सुरेश रैना १७ तथा कप्तान महेन्द्रसिंह धोनी ११ रनमा अविजित रहे ।
बैंगलोरका हर्सल पटेलले २, युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । बैंगलोरका लागि देवदत्त पडिकलले ७७ तथा विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । शार्दुल ठाकुरले २ तथा दिपक चाहरले १ विकेट लिए । बैंगलोर ९ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।





























प्रतिक्रिया