अमेरिकामा एकैदिन सवा लाखभन्दा बढी संक्रमित थपिए

अमेरिकामा एकैदिन सवा लाखभन्दा बढी संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा २४ घण्टाको अवधिमा १ लाख १५ हजार ६५६ जनामा संक्रमण पुष्टि भएको हो।

अमेरिकामा अघिल्लो दिन मात्रै १ लाख ३० हजारभन्दा धेरैमा संक्रमण पाइएको थियो। ठूलो संख्यामा नागरिकलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेको अमेरिकामा पुनः अनपेक्षित रुपमा संक्रमितहरु फेला पर्न थालेका छन्। 

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७२५ जना संक्रमितले ज्यान गुमाएका छन्। अमेरिकापछि बेलायतमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन्। त्यहाँ एकै दिन ३५ हजार ६०० भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा १८० जनाको मृत्यु भएको छ। 

यसैगरी भारतमा साढे २९ हजार संक्रमित भेटिँदा २९१ जनाको मृत्यु भएको छ। ब्राजिलमा १९ हजार ४०० मा संक्रमण पुष्टि हुँदा ६४५ जनाले ज्यान गुमाएका छन्।

Skip This
Skip This
Logo