बूढानीलकण्ठ नगरपालिका–८ काे वडा कार्यालयको शौचालयमा शव फेला

बूढानीलकण्ठ नगरपालिका–८ काे वडा कार्यालयको शौचालयमा शव फेला

केन्द्रबिन्दु
0
Shares

बूढानीलकण्ठ नगरपालिका–८ स्थित  गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ। निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए। 

उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन। लामो समयदेखि सोही ठाउँमा हिँड्डुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन्।  

प्रहरीले घटनास्थलमा आएर शव जाँच  गरिरहेको छ। शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए।

Skip This
Skip This
Logo