सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दर्ता भएको मुद्दा ‘हेर्न नमिल्नेमा राखिएको छ । 

सशस्त्र द्वन्द्वकालको समयमा सापकोटाले काभ्रेका स्थानीय अर्जुन लामाको हत्या गरेको अभियोगमा पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको सर्वोच्च अदालतका सूचना अधिकारी किशोर पौडेलले जानकारी दिए।

द्वन्द्वकालीन समयमा लामाको हत्यामा संलग्न रहेको अभियोग खेप्दै आएका सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो। यसअघि पनि पटक पटक पेसी तोकिँदै आएको उक्त मुद्दाको सुनुवाइ स्थगित हुँदै आएको छ।

Skip This
Skip This
Logo