चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा विराटनगर वारिवर्सले भैरहवा ग्लाडीयटर्सलाई ९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनायो ।
भैरहवाका बलर चम्किएको खेलमा विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए ।
सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११÷११ रन बनाए ।
बसन्त रेग्मीले अविजित १० रन बनाए । सिकन्दर राजा ५ रनमा आउट हुँदा सौरभ खनालले ३ र रामनरेश गिरिले १ रन जोडे ।
कप्तान करण केसी, चन्द्रपउल हेमराज र प्रतिष जिसी शुन्य रनमा पेभेलियन फर्किए ।
भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए । अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए ।
शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा पहिलो जितको खोजीमा रहेको छ ।
वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाँडेको थियो ।
विराटनगर पनि पहिलो जित निकाल्न चाहन्छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।





























प्रतिक्रिया