चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा काठमाडौं किङ्स–११ लाई ३ विकेटले हराउँदै चितवन टाइगर्स शीर्ष स्थानमा उक्लिएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा काठमाडौं किङ्स–११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेर शीर्ष स्थान बनाएको हो ।
काठमाडौंले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा राजेश पुलामीले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । कमल सिंह ऐरी २३ रनमा अविजित रहे । यस्तै दिलिप नाथले २३ रन जोड्दा करिम जनतले २१ रन बनाए ।
मोहमद साहजदले २१, भिम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी शुन्य रनमा आउट भए ।
काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २/२ विकेट लिए । जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १/१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
यस जितसँगै चितवनले २ खेलमा ४ अंक जोडेको छ । पहिलो हार व्यहोरेको काठमाडौंले २ खेलमा २ अंक जोडेको छ ।





























प्रतिक्रिया