एनभीए महिला भलिबलः आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

एनभीए महिला भलिबलः आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

केन्द्रबिन्दु
0
Shares

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ साविक विजेता एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रवार भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

रोमाञ्चक बनेको खेलको पहिलो सेट एपीएफले २७–२५ ले जितेको थियो । दोस्रो र तेस्रो सेटमा आर्मीले २५–२१ र २७–२५ को जित निकाल्यो ।

चौथो सेट एपीएफले २६–२४ ले जितेपछि खेल पाँचौँ सेटमा पुगेको थियो । त्यसपछि पाँचौ सेटमा १५–१३ को जित निकाल्दै एपीएफ फाइनल पुगेको हो ।

अब एपीएफले उपाधिका लागि न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । न्यु डायमन्ड र पुलिसबीचको दोस्रो खेल अहिले भइरहेको छ । 

Skip This
Skip This
Logo